Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा निफ्राको पौने २३ लाख कित्ता ऋणपत्र सूचीकृत

अर्थ संसार

विहीबार, ११ फागुन २०७९, १३ : ०५ मा प्रकाशित

नेप्सेमा निफ्राको पौने २३ लाख कित्ता ऋणपत्र सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को उर्जा ऋणपत्र सूचीकृत भएको छ । निफ्राको ऋणपत्र आज ‘निफ्रा युआर ८५/८६ NIFRAUR85/86’ सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीको १००० रुपैयाँ अंकित मूल्यका २२ लाख ८९ हजार ८१३ कित्ता ऋणपत्र सूचीकृत भएको हो । ७ वर्षे अवधि तथा ७ प्रतिशत ब्याजदर भएको सो ऋणपत्रको कारोबार भोलिदेखि नै गर्न मिल्नेछ ।
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको