प्रभु बैंकले आज (शुक्रबार)देखि ठुलो परिमाणको संस्थापक सेयर बिक्री खुला गरेको छ । बैंकले ४६ लाख ७४ हजार ३९६ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।
बैंकले संस्थापक सेयरको मूल्य प्रतिकित्ता १२३ रुपैयाँ तोकेको छ । प्रभुको संस्थापक सेयर लिलामी प्रक्रियामा कम्पनीका संस्थापक सेयर धनीसहित इच्छुक लगानीकर्ता संस्थाले सहभागिता जनाउन पाउनेछन् ।
सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको सेयर किन्न इच्छुक लगानीकर्ता संस्थाले फागुन २६ गतेसम्म आवेदन दिनुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस