अर्थ संसार, काठमाडौं– काठमाडौं– अबको महिना दिनदेखि ६ महिनाभित्रमा तपाईँको गाउँपालिका तथा नगरपालिकामा वाणिज्य बैंकको शाखा खुल्दैछ ।
सरकारले स्थानीय तहको सञ्चित कोषको रकम ‘क’ वर्गको बैक मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैंकको खाता खोल्न लागेको हो ।
सरकारले यही साउन १ गतेदेखि स्थानीय तहको सञ्चित कोषको रकम निकासा पठाउन थालेको छ । सञ्चालन गर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
७४४ स्थानीय तहमध्ये हालसम्म ३३२ स्थानीय तहमा मात्र बैंकका शाखा स्थापना भएका छन् । बाँकी ४१२ तहमध्ये पहिलो चरणमा २४४ स्थानीय तहमा बैंकको शाखा खोल्न वाणिज्य बैंकहरु सहमत भई कुन बैकले कहाँ शाखा खोल्ने निक्र्यौल भइसकेको छ । २६ वटा वाणिज्य बैंकले सात वटै प्रदेशको निम्न स्थानीय तहमा बैंकको शाखा खोल्दैछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस