Like us!
Follow us!
Connect us!
Watch us!

बेस्ट फाइनान्सको ६ लाख भन्दा बढी कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, ११ : २६ मा प्रकाशित

बेस्ट फाइनान्सको ६ लाख भन्दा बढी कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

बेस्ट फाइनान्सको ६ लाख १५ हजार १ सय ४ कित्ता सेयर लिलामी भर्ने सोमबार (फागुन १५ गते) अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

कम्पनीले फागुन १ गतेदेखि संस्थापक समूहको ५ लाख ५६ हजार ६७४.५७ कित्ता र सर्वसाधारण समूहको ५८ हजार ४२९.९० कित्ता सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्ने हुन्छ । 
 
सर्वसाधारण समूहको सेयरको लागि न्यूनतम १०० कित्ता र संस्थापक सेयरको लागि न्यूनतम १००० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यसमा अन्य व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले शिलबन्दी बोलपत्रमा आवेदन पेश गर्नुपर्नेछ । 

लगानीकर्ताहरुले बेष्ट फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा तथा यसका शाखा कार्यालयहरु मिलन चोक, बुटवल, नेपालगंज, इटहरी, नारायघाट, घोराही , विरगंज र पोखराबाट आवेदन दिन सक्नेछन् । 
 
साथै, प्रभु बैंकको शाखा कार्यालय सुर्खेत र धनगढीबाट पनि बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसको बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको