Like us!
Follow us!
Connect us!
Watch us!

मोदी इनर्जी लिमिटेडले आइपीओ जारी गर्न पायो अनुमति

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, १२ : १२ मा प्रकाशित

मोदी इनर्जी लिमिटेडले आइपीओ जारी गर्न पायो अनुमति

नेपाल धितोपत्र बोर्डले आइपीओ निष्काशन गर्न मोदी इनर्जी लिमिटेडलाई अनुमति प्रदान गरेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका कुल २ अर्ब ९० करोड रुपैयाँको आइपीओ जारी गर्न अनुमति पाएको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका कुल २ करोड ९० लाख कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो । जसमा आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणका लागि गरी दुई चरणमा आइपीओ निष्काशन हुनेछ ।

कुल २ करोड ९० लाख कित्ता मध्ये कर्मचारी, तथा संस्थापक सबै छुट्याएर बाँकी रहेको २५ प्रतिशत अर्थात् ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन् । कम्पनीको प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको