Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से २ कम्पनीको आईपीओ सेयर सूचीकृत, दुवैले कति पायो ओपनिङ्ग रेन्ज?

अर्थ संसार

मंगलबार, १९ असार २०८०, १२ : ४१ मा प्रकाशित

नेप्से २ कम्पनीको आईपीओ सेयर सूचीकृत, दुवैले कति पायो ओपनिङ्ग रेन्ज?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंगलबार दुई कम्पनीको आईपीओ सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज मोदी इनर्जी लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको आइपीओ सेयर सूचीकृत भएको हो । 

मोदी इनर्जी लिमिटेडको अंकित मूल्य १०० रुपैयाँका दरले २ करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९२.५७ देखि २७७.७१ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा बुधबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ ।

त्यस्तै, रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको अंकित मूल्य १०० रुपैयाँका दरले २८ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ८३.१० देखि २४९.३० रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा बुधबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको