Like us!
Follow us!
Connect us!
Watch us!

मोदी इनर्जीको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् रिजल्ट

अर्थ संसार

आइतबार, ३१ बैशाख २०८०, ११ : १४ मा प्रकाशित

मोदी इनर्जीको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुहोस् रिजल्ट

मोदी इनर्जी लिमिटेडको साधारण सेयर (आइपीओ) बाँडफाँड सम्पन्न भएको छ । आइपीओ आज आइतबार बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

कम्पनीको आईपीओमा १२ लाख ३६ हजार २६९ जना आवेदकले १ करोड ३५ लाख ४ हजार ३० कित्ताका लागि आवेदन दिएका थिए । त्यसमध्ये ६ हजार ५२८ आवेदकको आवेद रद्द भई १२ लाख २९ हजार ७४१ आवेदकको आवेदन कायम भएको थियो ।

यी मध्ये ५ लाख ६१ हजार २२६ आवेदकले दश दश कित्ताका दरले सेयर पाएका छन् । कम्पनीले वैशाख १९ देखि वैशाख २४ गतेसम्म सर्वसाधारणलाई आईपिओ निष्कासन गरेको थियो ।

कम्पनीले यसअघि कम्पनीका कर्मचारीलाई १ लाख २८ हजार ९१० कित्ता, र सामूहिक लगानी कोष योजनाहरुलाई ३ लाख २२ हजार २८० कित्ता सुरक्षित गरि ५९ लाख ५९ हजार ४ सय २० कित्ता सेयर निष्कासन गरेको थियो ।

कम्पनीको आइपीओ रिजल्ट चारवटा साइटबाट हेर्न सकिनेछ । कम्पनीको वेबसाइट, बिक्री प्रबन्धको वेबसाइट, सिडिएसको मेरो शेयरको वेबसाइट र सिडिएसले आइपीओ रिजल्ट हेर्न संचालन गरेको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

https://modihydro.com/

https://www.sunrisecapital.com.np/

https://meroshare.cdsc.com.np/#/login

https://iporesult.cdsc.com.np/

Download Share Hub App : https://onelink.to/pn3n9r

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको