अर्थ संसार, काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट सरकारका नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, मन्त्रीहरु, संवैधानिक अंगका प्रमुखहरु, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको पाँचौँपटक मन्त्रिमण्डल विस्तार भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस