Like us!
Follow us!
Connect us!
Watch us!

अब क्यू.आर बाट नेशनल लाईफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानी गर्न सकिने

अर्थ संसार

सोमबार, १५ फागुन २०७९, १६ : २७ मा प्रकाशित

अब क्यू.आर बाट नेशनल लाईफ इन्स्योरेन्सको बीमाशुल्क भुक्तानी गर्न सकिने

आकर्षक बोनसदरसहित विगत ३६ वर्षदेखी जीवन बीमा व्यवसायमा आफ्नो छुट्टै पहिचान बनाउन सफल निजि क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना ग्राहक वर्गहरुलाई उच्चतम प्रविधिमा आधारित सर्व सुलभ सेवा प्रदान गर्ने उदेश्यले कम्पनीको सबै शाखा मार्फत ‘फोन पे नेटवर्क’मा आवद्ध वित्तिय संस्था इसेवाको माध्यामबाट ‘डाइनामिक क्यू आर स्क्यान’ गरी आफ्नो बीमाशुल्क बुझाउन सकिने व्यवस्था गरेको छ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काको समुपस्थितीमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाजिम्पाटस्थित् केन्द्रिय कार्यालयमा एक समारोह बीच सो सेवाको औपचारिक शुरुवात गरिएको हो ।

यस प्रकारको उच्चतम प्रविधिमा आधारित सेवाबाट कम्पनीका ग्राहक वर्गहरुले नगद रहित भुक्तानी गरी लाभ उठाउन सक्ने आपेक्षा गरिएको  छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको