Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणका पूर्व महाप्रबन्धक विरुद्ध मुद्दा दायर

सोमबार, २६ भदौ २०७४, १६ : ५३ मा प्रकाशित

प्राधिकरणका पूर्व महाप्रबन्धक विरुद्ध मुद्दा दायर

अर्थ संसार, काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणको पूर्व महाप्रबन्धक महेन्द्रलाल श्रेष्ठले रु दुई करोड ८८ लाख ८२ हजार ८९१ बराबरको भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आफ्नो पदीय जिम्मेवारीको दुरुपयोग एवम् भ्रष्टाचार गरी गैर कानूनीरुपबाट सम्पत्ति आर्जन गरेको र मानसिव कारण विना अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको अनुसन्धानबाट देखिन आएकाले आयोगले हदैसम्मको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता जीवराज कोइरालाले जानकारी दिनुभयो ।

प्राधिकरण, प्रसारण तथा वितरण निर्माण डिभिजनको सहायक इन्जिनियर पदमा २०३६ चैत पाँच गते नियुक्ति भई  २०७० असार ९ गतेसम्म महाप्रबन्धकको जिम्मेवारी सम्हाल्दासम्म भएको आय र पेश गरेको सम्पत्ति विवरण अमिल्दो रहेको पाइएको आयोगको ठहर छ ।

आयोगकाअनुसार श्रेष्ठले  आफ्नो तथा आफ्नो परिवारका सदस्यको नाममा खरिद एवं लगानी गरेको चल अचल सम्पत्तिका सम्वन्धमा तथ्य प्रमाणहरुलाई छानविन एवं विश्लेषण गरी हेर्दा निजले आय आर्जन गरेको वैध आयको तुलनामा रु दुई करोड ८८ लाख ८२  हजार ८९१ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको हो ।

आयोगले बिगो अनुसारको जरिवाना र कैद सजाय माग गरेको छ ।भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको, स्रोत नखुलेको चल अचल सम्पत्तिहरु निज र निजकी श्रीमती करुणादेवी कर्माचार्य श्रेष्ठ, छोरा कमलेन्द्रलाल श्रेष्ठ र छोरी प्रेरणा श्रेष्ठको नाममा बदनियत साथ राखेको तथा लुकाए छिपाएको पुष्टी हुन आएकाले जफत गर्ने मागदावी समेत आयोगले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

धेरै पढिएको