सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स एक आपसमा आजबाट मर्ज भइ एकीकृत कारोबार सुरु गरेका छन्। दुवै कम्पनी एक आपसमा गाभिएपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने भएका हुन् ।
दुवै कम्पनीको पुस २९ गते बसेको साधारणसभाले मर्ज हुने प्रस्ताव पारित गरिसकेको थियो । बिमा प्रधिकरणले माघ १७ गते र कम्पनी रजिष्ट्रार कार्यालयले फागुन ८ गते दुवै कम्पनीलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिइसकेको हो। दुई कम्पनी एक बराबर एक (१ः१) को सेयर स्वाप रेसियोमा मर्जर हुने भएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस