Like us!
Follow us!
Connect us!
Watch us!

प्रदेश १ को नामाकरण हुँदै गर्दा विराटनगरमा निषेधज्ञा जारी

अर्थ संसार

बुधबार, १७ फागुन २०७९, १४ : ५१ मा प्रकाशित

प्रदेश १ को नामाकरण हुँदै गर्दा विराटनगरमा निषेधज्ञा जारी

जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानमा निषेधाज्ञा जारी गरेको छ । प्रदेशसभाले आज (बुधबार) नामको टुंगो लगाउने तयारी गरेसँगै प्रशासनले निषेधाज्ञा जारी गरेको हो । 

आज (बुधबार) दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म प्रदेश राजधानी विराटनगरको देवकोटा चोकदेखि कोसी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवासवरपर निषेधाज्ञा जारी गरिएको छ । 

निषेधाज्ञाका अवधिमा कुनै किसिमका सभा, जुलुस, भेला, र्‍याली, धर्नाजस्ता गतिविधिमा रोक लगाइएको छ । प्रदेशसभाले प्रदेश १ को नाम ‘कोशी’ राख्ने तयारी गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको