Like us!
Follow us!
Connect us!
Watch us!

मानव वन्यजन्तु द्वन्द्व अन्त्यको प्रयासः मन्त्री चौधरीले २० वडामा नमूना परियोजना सुरु गर्ने

अर्थ संसार

मंगलबार, ०५ जेठ २०८३, १२ : ४३ मा प्रकाशित

मानव वन्यजन्तु द्वन्द्व अन्त्यको प्रयासः मन्त्री चौधरीले २० वडामा नमूना परियोजना सुरु गर्ने

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन भएको हो । 

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा १५ सदस्यीय टास्क फोर्स गठन गरिएको हो । टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन–अनुसन्धान, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानुन संशोधनका लागि सिफारिस गर्नेछ । त्यस्तै, सूचकका आधारमा २० वटा वडामा नमूना परियोजना छनोट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि टास्क फोर्सलाई दिइएको छ । 

संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बाली–नालीको राहत प्रणालीलाई सरल, प्रभावकारी र समयसापेक्ष बनाउन सुझाव दिने व्यवस्था पनि गरिएको छ । मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा आफू गम्भीर रहेको बताउँदै टास्क फोर्सले दिएको सुझावका आधारमा कार्य गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको