Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभा बैठकमा सांसद थेबेको प्रश्न - पाथीभरा केबलकारबारे सरकारको धारणा के हो ?

अर्थ संसार

मंगलबार, ०५ जेठ २०८३, १२ : २४ मा प्रकाशित

प्रतिनिधि सभा बैठकमा सांसद थेबेको प्रश्न - पाथीभरा केबलकारबारे सरकारको धारणा  के हो ?

नेकपा एमालेका सांसद क्षितिज थेबेले पाथीभारा केबलकार निर्माणको विषयमा सरकारको स्पष्ट धारणा माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हालका लागि केबलकार निर्माण कार्य रोकिएको जानकारी दिँदै यस विषयमा सरकार गम्भीर हुनुपर्नेमा जोड दिए।

उनले यस्तो संवेदनशील विषयमा सरकार मौन बस्न नमिल्ने भन्दै सरकारको स्पष्ट जवाफ मागे।

उनले भने, ‘सरकारले मौखिक निर्देशनमा रोकिएको भन्ने सूचना बाहिरिएको छ। तर प्रश्न यो हो कि, सरकारको आधिकारिक धारणा के हो ? यो आयोजना बन्ने हो कि रोकिने हो ? आज ताप्लेजुङका जनता गहिरो अन्योलमा छन्। एकातिर विरोधका कार्यक्रमहरू सार्वजनिक भएका छन्, अर्कोतर्फ विकास, पर्यटन, रोजगारी र पूर्वाधारको दृष्टिकोले आयोजना अनिवार्य रूपमा बन्नुपर्छ भन्ने माग गरिरहेका छन्।’

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको