साताको सेयर कारोबार हुने पहिलो दिन सोमबार सेयर बजार घटेर कारोबार भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक १.०३ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७३०.९१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ११९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज १८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
त्यस्तै आज सेन्सेटिभ इन्डेक्स भने ०.५० अंकले बढेर ४६८.०५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । परिसूचकसँगै आज कारोबार पनि घटेको छ । आज सेयर बजारमा ३३९ कम्पनीका ५८ लाख २८ हजार ६०४ कित्ता सेयर ४३ हजार ३०९ पटक खरिद बिक्री हुँदा २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४४९ रुपैयाँको कारोबार भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस