Like us!
Follow us!
Connect us!
Watch us!

अशोक लेलैण्डलाई गुणस्तर ब्यवस्थापनका लागि डेमिङ्ग अवार्ड

आइतबार, २८ कार्तिक २०७३, ११ : ३६ मा प्रकाशित

अशोक लेलैण्डलाई गुणस्तर ब्यवस्थापनका लागि डेमिङ्ग अवार्ड

अर्थ संसार
काठमाडौं–अशोक लेलैण्डले बहुप्रतिष्ठित डेमिङ्ग अवार्ड, २०१६ पाएको छ । अशोक लेलैण्ड जापानबाहिर कमर्शियल भेहिकल निर्माताहरुमा उक्त अवार्ड पाउने विश्वकै पहिलो कम्पनी भएको छ ।

सन् १९५१ मा स्थापना भएको डेमिङ्ग प्राइज ‘टोटल क्वालिटि म्यानेज्मेन्ट’ को क्षेत्रमा प्रदान हुने पुरानो अवार्डहरुमध्ये एक हो । जुन संसारभरि निकै सम्मानित छ । यस अवार्ड अन्तर्गत विश्वभरका ‘टोटल क्वालिटी म्यानेज्मेन्ट’ क्षेत्रमा सबैभन्दा उत्कृष्ट कार्य गर्ने कम्पनीहरुलाई वृहत् छनौट प्रक्रियामार्पmत गरिन्छ । 

अशोक लेलैण्डले यस सम्मानले निकै उत्साहित एवम् गौरव महशुस गरेको बताएको छ । ‘यस अवार्डले कम्पनीको आफ्ना ग्राहकहरुलाई सधैं उत्कृष्ट सेवा तथा उच्च गुणस्तरीय अनुभवहरु प्रदान गर्ने प्रतिबद्धतालाई अभैm प्रमाणित गरेको छ’, कम्पनीले विज्ञप्ति जारी गरेर भनेको छ, ‘कम्पनीलाई पनि ग्राहकहरुका हितमा झनै प्रतिबद्ध रही उच्चस्तरीय सेवा प्रदान गर्ने हौसला दिएको छ ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको