Like us!
Follow us!
Connect us!
Watch us!

सुपर मादी हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत, कतिमा खुल्ला काराेबार ?

नेप्से

विहीबार, १८ फागुन २०७९, १२ : ३७ मा प्रकाशित

सुपर मादी हाइड्रोको आईपीओ नेप्सेमा सूचिकृत, कतिमा खुल्ला काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुपर मादी हाइड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे २ कराेड १० लाख कित्ता साधारण सेयर (आईपीओ) सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९९ रूपैयाँ ८० पैसादेखि अधिकतम २ सय ९९ रुपैयाँ ४ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गरेकाे छ ।

कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि SMHL सिम्बाेल प्राप्त गरेकाे छ । आगामी साताको पहिलो कारोबार दिन आइतबारबाट दोश्रो बजारमा कम्पनीको कारोबार सुरू हुनेछ ।

सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गते, साेमबारदेखि माघ १२ गते, बिहीबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी ५ प्रतिशत अर्थात १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरेकाे थियाे । त्यसैगरी, २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियाे। सर्वसाधारणले बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे  । 

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट गरिएको यस कम्पनीको आईपीओको बाँडफाँडमा १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाएका थिए । ११ लाख २४ हजार ३९३ आवेदकको हात खाली भएको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको