Like us!
Follow us!
Connect us!
Watch us!

मेगाको बम्पर हकप्रद आजदेखि खुल्यो

मंगलबार, २७ भदौ २०७४, १२ : ३० मा प्रकाशित

मेगाको बम्पर हकप्रद आजदेखि खुल्यो

अर्थ संसार, काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको चुक्तापूँजी रु आठ अर्ब पुर्याउन मेगा बैंकले आजदेखि हकप्रद सेयर निस्काशन गरेको छ ।

 चुक्तापूँजी पुर्याउन सो बैंकले हकप्रदकै बाटो रोज्दै आवेदन खुलाएको हो ।  टुरिज्जम डेभलपमेन्ट बैंकसँग मर्जरको सम्झौता गरेको छ ।

बैंकको हकप्रदमा भदौ २७ देखि असोज ३० गतेसम्म आवेदन गर्न सकिनेछ । ०७३ माघ ६ गतेसम्म कायम रहेका शेयरधनीले हकप्रदमा आवेदन दिन पाउने छन । टुरीजम बैंकसँग मर्जर सम्झौता गरेपछि बैंकको सेयर कारोबार रोक्का भएको थियो ।

बैंकको हकप्रद शेयरको आवेदन नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल,मेगा बैंकको केन्द्रीय तथा सम्पुर्ण शाखा कार्यालयहरुबाट दिन पाइने छ।

बैंकको चुक्ता पूँजी रु ४ अर्ब ५८ करोड छ । ६५ प्रतिशत हकप्रदपछि चुक्ता पूँजी रु ७ अर्ब ५६ करोड पुग्नेछ । हकप्रद पछि अपुग पूँजी बैंकले गतबर्षको बोनसबाट उपलब्ध गराउने तयारी गरेको छ ।

बैंकले गत बर्ष रु ७९ करोड १४ लाख नाफा कमाएको थियो उसको जगेडा कोषमा रु एक अर्ब २८ करोड रकम छ ।

टुरिजम डेभलपमेण्ट बैंकलाई गाभ्ने प्रक्रियामा रहेको मेगााको टुरिजमलाई समेत गाभ्दा चुक्ता पूँजी रु ९ अर्ब बढी पुग्ने देखिन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको