सरकारले देशभरका नागरिकलाई काठमाडौँबाट समेत राष्ट्रिय परिचयपत्रको आवेदन दिन पाउने व्यवस्था गरेको छ । राष्ट्रिय परिचयपत्र आवेदन र वितरण प्रक्रिया छिटोछरितो रूपमा सञ्चालन गर्न सरकारले उपत्यकाभित्र थप पाँचवटा स्थान तोकेको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण पौडेलका अनुसार राष्ट्रिय परिचयपत्रको आवेदन तथा वितरणलाई तीव्रता दिन उपत्यकाभित्र पाँचवटा स्थानमा २७ वटा स्टेसन तोकिएका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँ र जिल्ला प्रशासन कार्यालय ललितपुरका साथै नारायणहिटी दरबार परिसर, राष्ट्रिय सभागृह र सिंहदरबारस्थित विभागको केन्द्रीय कार्यालयमा आवेदन दिन सकिनेछ । राष्ट्रिय परिचयपत्र वितरणमा ढिलासुस्ती भएको भन्दै आलोचना भएको थियो । गोरखापत्र दैनिकमा समाचार छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस