Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

बुधबार, २४ फागुन २०७९, ०६ : ३० मा प्रकाशित

लाभांश पारित गर्न प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको २१ औँ वार्षिक साधारण सभा चैत्र १६ गते, दियालो लर्डस प्लाजा बिरगंज, पर्सामा दिउसो १२ः३० बजेदेखि सुरू हुनेछ । 

सभाले हाल कायम चुक्ता पूँजीको ३.३२५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.१७५ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले चैत्र ३ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत्र २ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको