Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरको प्रस्ताव पारित गर्न आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स डाके विशेष साधारणसभा

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, ०६ : ५० मा प्रकाशित

मर्जरको प्रस्ताव पारित गर्न आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स डाके विशेष साधारणसभा

मर्जरको प्रस्ताव पारित गर्न आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले बिषेश साधारणसभा आह्वान गरेका छन् । हिजो सोमबार दुई कम्पनीका बिचमा एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धमा अन्तिम सम्झौता भएको थियो । 

दुबै कम्पनीले चैत्र २२ गतेका लागि साधारणसभा बोलाएका हुन् । आइएमई जनरल इन्स्योरेन्सको विशेष साधारणसभा बिहान ११ बजेदेखि लैनचौर बैंक्वेट लैनचौर काठमांडौमा सुरु हुनेछ भने प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सभा बिहान ११ बजेदेखी होटल इच्छा सिमरा, बारामा सुरु हुनेछ । 

अन्तिम सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका थिए ।  उक्त सम्झौता अनुसार दुवै कम्पनी एक आपसमा गाभिए पश्चात् बन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड रहने सहमती भएको छ ।

त्यसैगरी दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एवं DDA Report समेतका आधारमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर आदान प्रदान अनुपात Swap Ratio क्रमश १००:१०० (१:१) कायम रहनेछ । 

विशेष साधारणसभा प्रयोजनार्थ आइएमई जनरल इन्स्योरेन्सले चैत्र १३ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ भने  प्रुडेन्सियल इन्स्योरेन्सले चैत्र १७ गतेका लागि दुबै कम्पनीको बुकक्लोज भन्दा अघिल्लो दिन सेयर खरिद गरि कायम सेयरधनीहरु मात्र सभा सहभागि हुन पाउने छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको