Like us!
Follow us!
Connect us!
Watch us!

हेलिकप्टर कम्पनीलाई सूचना दिन प्रहरीको आग्रह

बुधबार, २८ भदौ २०७४, १४ : १२ मा प्रकाशित

हेलिकप्टर कम्पनीलाई सूचना दिन प्रहरीको आग्रह

अर्थ संसार, रसुवा–रसुवा जिल्लाको भू–भागमा उडान भर्ने हेलिकप्टर कम्पनीहरूले विमानस्थलबाट उड्नुअघि रसुवा प्रहरीलाई खबर गरिदिन आग्रह गरिएको छ । 

जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीका अनुसार हेलिकप्टर अवतरण गर्ने स्थानमा सुरक्षा दिनु नेपाल प्रहरीको दायित्व भएको र कुन ठाउँमा हेलिकप्टर बस्छ ठेगान नहुँदा सुरक्षा प्रदानमा असहज भएका कारण रसुवाली आकासमा रमाना हुनुपूर्व जिल्ला प्रहरी रसुवाको टेलिफोन नं ०१०५४०१९९ खबर गरिदिने वातावरण सिर्जना गरिदिन आग्रह गरिएको छ । 

लाङ्टाङ राष्ट्रिय निकुञ्जको अधिकांश भू–भागमा हेलिकप्टर अवतरण गर्ने र हेलिकप्टरका यात्रुले अवैध चीज बोक्नसक्ने आशंकासमेत बडेकाले जाँच परीक्षणको समेत आवश्यक देखिएको बताइएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको