Like us!
Follow us!
Connect us!
Watch us!

श्री एयरलाइन्सको विमानमा आगो- काठमाडौं नै फर्काएर सुरक्षित अवतरण

अर्थ संसार

विहीबार, २५ फागुन २०७९, ११ : ३४ मा प्रकाशित

श्री एयरलाइन्सको विमानमा आगो- काठमाडौं नै फर्काएर सुरक्षित अवतरण

काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको विमानको इन्जिनमा आगो लागेपछि काठमाडौं नै फर्काएर सुरक्षित अवतरण गराइएको छ । उडान नं. ८२१ को विमानको इन्जिनमा आगो देखिएपछि धादिङको थाक्रेबाट फर्किएको थियो । त्रिभुवन विमानस्थलबाट उडेको करिब २० मिनेटमा विमान फेरि काठमाडौं फर्काइएको थियो ।

उक्त विमान त्रिभुवन विमानस्थलमा केहीबेर अघि सुरक्षित अवतरण गरेको छ । उक्त विमानमा रहेका चालक दलका सदस्य र यात्रुहरू सबै सकुशल छन् ।

यद्यपि श्री एयरलाइन्सले भने इन्जिनमा आगो लागेको कुरा सत्य नभएको बताएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको