Like us!
Follow us!
Connect us!
Watch us!

आजसम्म कायम सेयरधनीहरुले मात्र स्वरोजगार लघुवित्तको २३ प्रतिशत लाभांश पाउने

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, ०६ : २० मा प्रकाशित

आजसम्म कायम सेयरधनीहरुले मात्र स्वरोजगार लघुवित्तको २३ प्रतिशत लाभांश पाउने

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट वितरणको प्रस्ताव गरेको २३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

संस्थाले साधारणसभा तथा लाभांश प्रयोजनको लागि फागुन ३० गतेदेखि बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र लाभांश र कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

लघुवित्तको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश गरी कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । 

संस्थाको सञ्चालक समितीले गरेको निर्णय अनुसार संस्थाको १४ औँ बार्षिक साधारणसभा चैत्र ११ नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमांडौमा बिहान ११ः३० बजेदेखि सुरु हुनेछ ।

सभामा अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु पारित गर्ने, आर्थिक वर्ष ७९/८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै सभाले संस्थापक सेयधनीहरुको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने ३ जना संचालकहरुको चयन समेत गर्नेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको