Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी लघुवित्तको साधारणसभा आज, यस्ता छन् प्रस्ताव

अर्थ संसार

सोमबार, २९ फागुन २०७९, ०६ : ४६ मा प्रकाशित

लक्ष्मी लघुवित्तको साधारणसभा आज, यस्ता छन् प्रस्ताव

लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा आज फागुन २९ गते अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा विहान ११ बजेदेखि सुरु हुनेछ । 

सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नेछ भने प्रस्तावित लाभांशलाईसमेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।

उल्लेखित प्रस्तावसँगै सर्वसाधारण शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचनसमेत सभाले गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको