Like us!
Follow us!
Connect us!
Watch us!

सहकारीको समस्या समाधान गर्न ‘मर्जर’ प्रक्रियामा जानुपर्ने प्रमुख कोइरालाको भनाइ

अर्थ संसार

विहीबार, ०२ चैत्र २०७९, १२ : ३० मा प्रकाशित

सहकारीको समस्या समाधान गर्न ‘मर्जर’ प्रक्रियामा जानुपर्ने प्रमुख कोइरालाको भनाइ

विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले सहकारीमा देखिएका समस्या समाधानका लागि ‘मर्जर’ प्रक्रियामा जानुपर्ने बताएका छन् । महानगर क्षेत्रभित्र सञ्चालित सहकारीसँग गरिएको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

उनले ‘मर्जर’मा गएर भए पनि सहकारी बलियो हुनुपर्नेमा जोड दिए।कार्यक्रममा प्रमुख कोइरालाले भने, 'यहाँ सहकारीको उद्देश्य अनुरूप राम्रो गर्ने सहकारी पनि छन्।  केही सहकारीका कारण सबै सहकारीको बदनाम भइरहेको छ ।” 

त्यस्तै कार्यक्रममा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिमा पछिल्लो समय धेरैजसो सहकारीसँग सम्बन्धित उजुरी आउने गरेको सुनाए। स्थापना भएको तीन महिनासम्म ऋण प्रवाह गर्न नपाइने कानुनी व्यवस्था भए पनि सहकारीले त्यसलाई कार्यान्वयन नगरेको उनको भनाइ थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको