Like us!
Follow us!
Connect us!
Watch us!

बाराही हाइड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

अर्थ संसार

शुक्रबार, ०३ चैत्र २०७९, १३ : १५ मा प्रकाशित

बाराही हाइड्रोपावरले डाक्यो साधारण सभा, बुक क्लोज कहिले?

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आफ्नो सातौ वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको चैत २ गतेका दिन बसेको सञ्चालक समितिको बैठकको निर्णयले सभा चैत २७ गते, अन्नपुर्ण फुडल्याण्ड, काठमाडौंमा विहान ११ बजे बस्ने भएको हो ।

चैत २७ गते हुने सभाले आर्थिक वर्षको वित्तिय विवरणमा आधारित प्रतिवेदन पारित गर्नेछ । साथै, सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०७९ असार मसान्तसम्मको वासलात र सोहि मितिमा समाप्त आर्थिक वर्षको नाफा नोक्सान हिसाब विवरण र सम्बन्धित अनुसूचिहरु पारित गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत १३ गतेका दिन बुक क्लोज गर्ने भएकोले गर्दा चैत १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन पाउन्छन् ।   
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको