Like us!
Follow us!
Connect us!
Watch us!

बाराही हाइड्रोपावरले पायो हकप्रद निष्कासन गर्न विद्युत नियमनबाट सहमति, दुई जलविद्युत आयोजनामा लगानी गर्ने

अर्थ संसार

आइतबार, ३१ असार २०८०, १० : २६ मा प्रकाशित

बाराही हाइड्रोपावरले पायो हकप्रद निष्कासन गर्न विद्युत नियमनबाट सहमति, दुई जलविद्युत आयोजनामा लगानी गर्ने

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्न सहमति पाएको छ। विद्युत नियमन आयोगले बाराही हाइड्रोपवारलाई हकप्रद निष्कासनका लागि सहमति प्रदान गरेको हो। 

आयोगले हाइड्रोपावरलाई चुक्तापुँजीको १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि सहमति प्रदान गरेको छ। 

कम्पनीले ५१ प्रतिशत सेयर रहेको सिकोस खोला जलविद्युत आयोजना ३.४५ मेगावाट र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत (क्यास्केड) आयोजना ०.७५ मेगावाट निर्माणका लागि हकप्रद निष्कासन गर्न लागेको हो। 

यसका लागि साधारणसभामा हकप्रदको एजेन्डा पेस गर्न कम्पनीले आयोगमा अनुमति मागेको थियो। आयोगले असार २६ गते पत्र पठाउँदै साधारण सभामा हकप्रदको एजेन्डा पेस गर्न कम्पनीलाई सहमति प्रदान गरेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको