नेकपा (एकीकृत समाजवादी) ले गृह मन्त्रालयसहित तीन वटा मन्त्रालयमा आफ्नो दाबी रहेको जनाएको छ। उपराष्ट्रपति निर्वाचनमा मतदान गरेर संसद भवन नयाँबानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले गृह मन्त्रालयसहित तीन वटा मन्त्रालयले लिएर सरकारमा सहभागी हुने बताएका हुन्। उपाध्यक्ष पाण्डेले सत्ता समीकरणमा अब रोज्ने पालो आफूहरूको भएको बताए।
संचारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले भने, ‘राष्ट्रपति कांग्रेसले रोज्यो, प्रधानमन्त्री माओवादीले रोज्यो, उपराष्ट्रपति जसपाले रोज्यो। अहिलेको समीकरणभित्रको चौथो ठूलो दल हो हामी । त्यो हिसाबले हामी अब मन्त्रालय हामीले रोज्ने हो । तीन वटाबाट नघट्नेगरी हाम्रो दाबी हुन्छ। एक नम्बर प्राथमिकता गृह मन्त्रालय नै हो। ’
उनले करिब दुई बर्षपछि पार्टी अध्यक्ष माधव नेपालले प्रधानमन्त्री भएर डेढ वर्ष सरकार चलाउने पनि स्पष्ट पारे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस