Like us!
Follow us!
Connect us!
Watch us!

कुष्मामा बन्जी जम्प तथा स्काई साइक्लिङको मज्जा लिँदै अभिनेता अनमोल केसी

अर्थ संसार

शनिबार, ०४ चैत्र २०७९, १५ : ५४ मा प्रकाशित

कुष्मामा बन्जी जम्प तथा स्काई साइक्लिङको मज्जा लिँदै अभिनेता अनमोल केसी

नेपाली चलचित्रका नायक अनमोल केसीले कुष्मामा स्काई साइक्लिङ तथा बन्जी जम्प गरेका छन् । शनिबार केसी आफ्ना साथीहरूसँग बन्जी  जम्प गर्न कुष्मा पुगेका हुन्। बन्जीसँगै उनले स्काई क्याफेको समेत मज्जा लिएको द क्लिफका सञ्चालक राजु कार्कीले जानकारी दिए ।

'केसी सहितको टोलीले आज बन्जी र स्काई साइक्लिङ र स्काई क्याफेको मज्जा लिनुभयो,' उनले भने । केसी नेपाली चलचित्रमा 'मेगा स्टार'का रुपमा समेत चर्चित झन् । 'ड्रिम्स', क्याप्टेन, कृ, ए मेरो हजुर, गाजलु लगायत चलचित्रमा नायक केसीको मुख्य भूमिका छ  ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथी पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको  द क्लिफमा विश्वकै अग्लो स्विङ र विश्वकै दोस्रो अग्लो बन्जी जम्प निर्माण गरिएको छ ।

बन्जी र स्विङसँगै क्लिफमा रिसोर्ट, विश्वकै अग्लो ब्यवसायिक स्काइ रोप साइक्लिङ, स्काइ क्याफे, गुलेली पिङ, क्रेजी ब्रीज, स्काइ ग्लाइडिङ, स्काइ क्याफे लगायत गतिविधि सन्चालनमा छन् ।

'सामान्यदेखि एक्स्ट्रीम थ्रील हुने एड्भेन्चर हामीसँग छन्,' अध्यक्ष राजु थप्छन् 'सबै खाले एड्भेन्चर भएकाले यो ठाउँ पारिवारिक गन्तव्य बनेको छ।'

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको