Like us!
Follow us!
Connect us!
Watch us!

‘छड्के–२’ फ्लप भएपछि अनमोलले भने– ‘मलाई माया गर्ने दर्शकहरूलाई निराश बनाएँ’

अर्थ संसार

शुक्रबार, २६ फागुन २०७९, १३ : १८ मा प्रकाशित

‘छड्के–२’ फ्लप भएपछि अनमोलले भने– ‘मलाई माया गर्ने दर्शकहरूलाई निराश बनाएँ’

फिल्मको पोष्टर, टिजर र ट्रेलर हेरेर दर्शकहरुले आशा गरेको अनमोल केसी अभिनीत ‘छड्के–२’ ले आशाविपरीत कमजोर व्यापार गरेसँगै फिल्म छैटौं दिनमै हलबाट उत्रियो । ‘छड्के–२’ फ्लप भएपछि अभिनेता अनमोल केसीले भावुक हुँदै सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेको छन् । आज शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई माया गर्ने दर्शक हरूलाई निराश बनाएको बताएका हुन् ।   

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्–  

नमस्कार मलाई थाहा छ, मैले ‘२.० छड्के’ मार्फत मलाई माया गर्ने दर्शक हरूलाई निराश बनाएँ, जुन दर्शकहरूको साथको कारण म यहाँ आईपुगे वहाँहरूलाईनै निराश बनाउदा म झनै दुखी भएको छु १ ‘२.० छड्के’ मेरो नवौं सिनेमा थियो, नवौं सिनेमामा आईपुग्दा म झनै परिपक्व हुनु पर्थियो, यहाँनेर म चुक्न पुगे ।

बिस्वस्त हुनुस, यो समय पनि बितेर जान्छ, घाम डुबेपछी फेरि भोलि नयाँ बिहानी हुन्छ, म भोलीको सुनौलो बिहानी मेरा दर्शक संग साट्नेछु, दुखेका घाउ हरूमा मल्हम लगाउने छु । अब नवौं पछिको दशौं सिनेमा दश पछिको शुन्य हटेपछि बन्ने ‘एक’ अर्थात आज म सुन्यमा छु र मेरो करियर्को पहिलो सिनेमा मेरो दशौ सिनेमा हुनेछ अर्थात मेरो करियरको दोश्रो सत्रको सुरुवात मेरो अबको सिनेमा बाट हुनेछ । जब सम्म शुभचिन्तक र दर्शक हरुको साथ र सहयोग रहि रहने छ मेरो कोसिस निरन्तर जारी रहने छ ।पशुपतिनाथले हामी सबैको कल्याण गर्नु हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको