Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीमा रहेका नेपालीले ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानियलाई थप

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, ०६ : ४२ मा प्रकाशित

वैदेशिक रोजगारीमा रहेका नेपालीले ईङवा हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, स्थानियलाई थप

ईङवा हाइड्रोपावर कम्पनी लिमिटेडले फागुन २१ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज अन्तिम दिन रहेको छ भने आयोजना प्रभावित स्थानियहरुका लागि भने आवेदन दिने समय थप गरिएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी साठ्ठी करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १८ करोड रुपैयाँ रकम बराबरको १०० रुपैयाँ अंकित दरका १८ लाख कित्ता साधारण शेयर मध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गा.पा. वडा नं. ३ (साविक आङखोप गा.वि.स वडा नं ३, ६, ८, ९), पाँचथर जिल्लाको याङवरक गा.पा., वडा नं. २ (साविक फलैचा गा.वि.स. वडा नं. १) र वडा नं. ३ (साविक ओयाम गा.वि.स. वडा नं २) का स्थानियवासीहरुका लागि  निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख २० हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। ।

कति दिने आवेदन ?

यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज चैत्र ५ गते कार्यलय समयसम्म मात्र आवेदन दिन पाउनेछन् भने आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि आवेदन दिने म्याद चैत २० गतेसम्म लम्बिनेछ ।

कहाँबाट दिने आवेदन ?

स्थानिय बासिन्दाले आयोजना स्थल, सिद्धार्थ बैंक, सिभिल बैंक,लक्ष्मी बैंक, सप्तकाेशी डेभलपमेन्ट बैंक र नेपाल एसबिआइ बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् त्यसैगरी, क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरी आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्न प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

काे हाे बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआइ मर्चेण्ट बैकिंङ लिमिटेड रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको