Like us!
Follow us!
Connect us!
Watch us!

ईङ्वा हाइड्रोपावरको आईपिओ सेयर नेप्सेमा सूचिकृत

अर्थ संसार

सोमबार, ०४ असार २०८०, २० : ११ मा प्रकाशित

ईङ्वा हाइड्रोपावरको आईपिओ सेयर नेप्सेमा सूचिकृत

ईङ्वा हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपिओ) नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचिकृत भएको छ । सोमबार ईङ्वा हाइड्रोपावर र नेप्सेबीच सेयर सूचिकरण गर्ने सम्झौता सम्पन्न भएको हो । कम्पनीको अनुसार ६० लाख कित्ता सेयर सचिकृत भएको हो  ।

कम्पनीले सर्वसाधारण समक्ष नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड ९धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक० मार्फत साधारण सेयर खुल्ला बिक्री आव्हान गरेको थियो ।

सर्वसाधारण लगानीकर्ता सेयरधनीहरुमा विवरण गरिएको ९वैदेशिक रोजगारीमा रहेको नेपाली, सामूहिक लगानी कोष, स्थानीय बासिन्दाहरु र कर्मचारीहरु समेत० १८ लाख किता आर्थत ३० प्रतिशत  र कम्पनीका संस्थापक सेयरधनीहरु लगानी गरेको ४२ लाख कित्ता अर्थात ७० प्रतिशत सेयर ९धितोपत्र० समेत गरी जम्मा ६० लाख कित्ता नेप्सेमा सूचिकृत गरिएको छ । 

धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम  मिति २०८० असार ३ गतेको  निर्णयानुसार यस स्टक एक्सचेञ्ज लिमिटेडमा सूचिकरण गरिएको हो ।

कम्पनीको प्रधान कार्यालय काठमाडौं जिल्ला थापाथली रहेको छ । सेयर सूचिकरण पश्चात दिनुपर्ने आरटिएस सेवा ईङ्वा हाइड्रोपावर  थापाथली काठमाडौंबाट हुने कम्पनीले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको