Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रेमिट र राष्ट्रिय वाणिज्य बैँकबीच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानलमार्फत् भुक्तानी सम्झौता

अर्थ संसार

आइतबार, ०५ चैत्र २०७९, १७ : ०५ मा प्रकाशित

नेपाल रेमिट र राष्ट्रिय वाणिज्य बैँकबीच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानलमार्फत् भुक्तानी सम्झौता

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय वाणिज्य बैँक लिमिटेडबीच बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत् भुक्तानि गर्ने सम्बन्धि सम्झौता भएको छ । गत शुक्रबार एक समारोहका बीच नेपाल रेमिट इन्टरनेशनल र राष्ट्रिय वाणिज्य बैँक बैदेशिक रेमिटान्स बैँकिङ्ग च्यानल मार्फत भुक्तानि गर्ने सम्वन्धि सम्झौता भएको हो । 

यस सम्झौता पत्रमा नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैँक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

विगत १७ वर्ष देखि रेमिटान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. तथा देश भरी २६५ वटा शाखा कार्यलय र ४६ वटा एक्सटेन्सन काउन्टर रहेको राष्ट्रिय वाणिज्य बैँक लिमिटेडबीचको सम्झौता पश्चात नेपाल रेमिटमार्फत विश्वका विभिन्न स्थानहरुबाट बैँकिङ्ग च्यानल मार्फत पठाएको रकम देशको ७७ जिल्लामा नै सम्बन्धित व्यक्तिले बैँकको शाखा कार्यलय मार्फत सरल तरिकाबाट रकम प्राप्त गर्न सक्नेछन् ।

यसका साथै राष्ट्रिय वाणिज्य बैँक लिमिटेड सँगको सम्झौतासँगै नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. ले अब देशभर १२००० भन्दा बाढि स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ।

नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. बिगत १७ वर्ष देखि रेमिटान्सको क्षेत्रमा काम गर्दै आएको संस्था हो । विशेष गरी डिजिटल रेमिटान्सलाई प्राथमिकता दिने नेपाल रेमिटले विश्वका धेरै देशबाट नेपालमा रहेका थुप्रै बैँक तथा बित्तय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम बैँक डिपोजिट सेवालाई प्रभवकारी रुपमा प्रदान गर्दै आएको छ जसले गर्दा नेपालमा रेमिटान्स भित्राई देशको अर्थतन्त्र सुदृढिकरणमा समेत टेवा पुग्ने गर्दछ । 

यस सम्झौता संगै विदेशबाट पठाएको रकम बैँकिङ्ग च्यानल मार्फत भुक्तानी गर्न तथा सम्बन्धित व्यक्तिले रकम प्राप्त गर्न थप सहजिकरण हुने साथै यसले नेपालमा रेमिटान्स भित्राउन समेत टेवा पुर्याउने जानकारी नेपाल रेमिट इन्टरनेशनल प्रा।लि। का नायव महाप्रबन्धक देव वहादुर थापाले दिए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको