अर्थ संसार, काठमाडौं– नेपाल एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मलेसियामा आज सम्पन्न फाइनलमा हङकङलाई ५ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।
यो उपलब्धीसँगै नेपाल अर्को महिना मलेसियामा हुने एसिसी यू १९ एसिया कपका लागि छनोट भएको छ । जहाँ टेष्ट मान्यता प्राप्त राष्ट्रको सहभागिता रहनेछ ।
नेपालले ३९ रनमा ३ विकेट गुमाउदा ओपनरद्वय सन्दिप सुनार र आसिफ शेख सहित अनिल शाह पविलियन फर्किसकेका थिए । सुनारले १९ तथा शाहले १६ रन बनाए भने आसिफ १ रनमा सिमित भए ।
कत्पान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २२ रन जोडे भने सुमित महर्जनले रनको खाता खोल्न सकेनन । प्रनित थापा मगरले १५ औं ओभरको तेस्रो र चौथो बलमा छक्का प्रहार गर्दै विजयी रन जोडेका थिए ।
जारी प्रतियोगितामा विना दवाब अघि बढेको नेपालका लागि आज सहाब आलमले ३, सन्दीप लामिछानेले ३ तथा कप्तान दीपेन्द्र र अनिल शाहले समान १ विकेट लिएपछि हङकङलाई ३२ं.१ ओभरमा ७६ रनमा अलआउट गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस