Like us!
Follow us!
Connect us!
Watch us!

लकडाउनलाई सदुपयोग गरी जन्मिएको "सेयर हब", ३ वर्षमा पाईला टेक्दा ३ लाख बढी डाउनलोड

अर्थ संसार

सोमबार, ०६ चैत्र २०७९, १४ : ५९ मा प्रकाशित

लकडाउनलाई सदुपयोग गरी जन्मिएको "सेयर हब", ३ वर्षमा पाईला टेक्दा ३ लाख बढी डाउनलोड

देशले एक्काइसौँ शताब्दीमा काँचुली फेरिसकेको छ । अहिलेको युग प्रविधीको युग हो । नयाँ नयाँ प्रविधीको आविष्कार भएसँगै आजको यो एक्काइसौँ शताब्दीमा दैनिक रूपमा धेरै गतिविधीहरू गर्न एकदमै सहज भएको छ । प्रविधीले नै गर्दा धेरै सजिलो भएका विभिन्न गतिविधीहरूमध्ये एक हो, सेयर बजार । प्रविधीका कारण घरबाटै या भनौँ आफू जहाँ छौँ त्यहीँबाट कारोबार गर्न मिल्ने भएकाले पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ ।

दिनानुदिन लगानीकर्ताहरू थपिने संख्या बाक्लिँदै छ । लगानीकर्ताहरूलाई कारोबारका लागि अनेकौँ हिसाबले सहायता र सुविधा प्रदान गर्न विभिन्न विश्लेषक, ब्रोकर र प्ल्याटफर्म पनि थपिइरहेका छन् । तीनैमध्येको एक प्ल्याटफर्म हो सेयर हब ।  

लकडाउनको समयलाई सदुपयोग गर्दै नेपाली सेयर मार्केटका लागि पर्फेक्ट हुने एप्लिकेसन बनाउने निधो गरे सेयर हबका सञ्चालक सागर श्री न्यौपाने र उनका साथीहरूले । त्यही निधोलाई यथार्थमा परिणत गर्दा सन् २०२१ मार्च १६ तारिखका दिन पहिलोपटक एन्ड्रोइड प्ले स्टोरमा लञ्च भई जन्मियो सेयर हब । त्यसको दुई महिना पश्चात् मे १७ तारिखका दिन यही सेयर हबलाई आईओएसमा (IOS) लञ्च गरियो ।

लगानीकर्ताहरू दिनानुदिन थपिइरहेका सेयर बजार जस्तो क्षेत्रमा पनि अध्ययन र अनुसन्धान गर्ने आवश्यक श्रोत नहुँदा र भईरहेकाहरूले पनि प्रयोगकर्ताबाट चर्को शुल्क असुलेको देख्दा सागर र उनका साथीहरूलाई नमज्जा लाग्यो । झन्  आफूहरू आईटी कै विद्यार्थी भएको नाताले पनि केही गर्न नसकेको तितो अनुभुति उनीहरूलाई भयो । सेयर बजारमा कारोबार गर्ने लगानीकर्ताहरूलाई परफेक्ट सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सेयर हब सञ्चालन गर्ने सोच उत्पन्न भएको थियो ।

सागर भन्छन्, "सेयर हब सुरु गर्ने सोच पहिलो लकडाउनको अन्त्य तिर आएको थियो जुनबेला हामी आफ्नो आफ्नो घरमा कैद थियौँ र केही गर्ने हुटहुटी मनमा थियो। त्यसै समयमा हामीलाई नेपालको सेयर बजारको बारेमा पनि जान्ने अवसर मिल्यो र हामी केही साथी सेयर बजारमा लगानी पनि गरिरहेका थियौँ । त्यसै समयमा हामीले के पायौं भने नेपालमा सेयर बजार सम्बन्धी कुरा सिक्न, डेटा हेर्न तथा आफ्नो पोर्टफलियो म्यानेज गर्ने खासै राम्रो कुनै एप पाएनौँ । थोरै थिए तर सबै वेभ बेस्ड (Web Based) थिए र प्रयोगकर्ताबाट चर्को शुल्क उठाउँदै आएका थिए । यो कुरा हामीलाई अलि बिजायो र आफै पनि Information Technology को विद्यार्थी भएकोमा थोरै दुःख पनि लाग्यो। त्यसैले हामी थोरै साथीहरु मिलेर नेपालको मार्केटको लागि पर्फेक्ट हुने एप्लीकेसन बनाउने निधो गर्यौं । यसरी सेयर हब सञ्चालन गर्ने सोच उत्पन्न भयो ।"

अहिले सेयर हब एप् दोश्रो वर्ष पार गरि तेस्रोमा प्रवेश गरिसकेको छ । २ वर्षदेखि सञ्चालनमा आएको यो एप आम लगानीकर्ताको रोजाईमा परेको छ । लगानीकर्ताको समस्याको सामाधान गर्नको लागि बनेको उक्त एप लगानीकर्ताहरूका माझ निकै लोकप्रिय बन्दै गएको छ। २  वर्ष पुरा गरी ३ वर्षमा पाईला टेक्दासम्म प्ले स्टोरमा सेयर हब ३ लाख भन्दा बढी पटक डाउनलोड भएको छ भने एप स्टोरमा १ लाख भन्दा बढी पटक डाउनलोड भएको छ । लगानीकर्तालाई आवश्यक पर्ने सबै सुविधा निःशुल्क उपलब्ध गराएका कारण यो एप छिट्टै चर्चामा पुगेको हो।

सेयर हब मार्फत धेरै आर्थिक मिडियाबाट प्रकाशित समाचार एकै ठाउँमा पाउँन सकिन्छ ।  सेयर हब विशेषतः नेपालको सेयर बजारमा लगानी गर्दा आवश्यक पर्ने प्राय: सबै सेवा दिँदै आएको छ । सेयर हब एपमा पोर्टफोलियो ट्रयाकर र व्यवस्थापन, आधारभूत तथा प्राविधिक विश्लेषण, बल्क आइपीओ चेकर, नेप्से लाइभ, सेयर बजारका समाचार, नयाँ सूचनाको जानकारी, वित्तीय विवरण, ब्रोकर एनालाइसीस लगायत ५० बढी टुल्स सेयर हबमा छन् जसको प्रयोगबाट लगानीकर्ताहरुले अनगिन्ती फाइदा लिँदै आएका छन् ।

सेयर बजारमा लगानी गर्दा बजारका विभिन्न पक्षहरूमा अध्ययन गर्नुपर्छ। सेयर हबले यी सबै आवश्यक तथ्याङ्कलाई एकै ठाउँमा राखी एपको विकास गरेको छ । अझ लगानीकर्ताहरूलाई आकर्षित गर्ने विषय के हो भने एपका यी सबै सेवाहरू निःशुल्क रहेका छन् ।

सेयर हबको ग्राहक लक्षित भावी योजनाहरू के-के छन् भन्ने प्रश्नको जवाफ दिँदै सागर भन्छन्, "सेयर हबको वेबसाइट पनि आउनु पर्यो भनेर धेरै लगानीकर्ताहरूले गुनासो गरिरहनु भएको छ । यसैलाई मध्यनजर गर्दै हामीले सेयर हबको वेब भर्जन पनि छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं । उक्त भर्जनमा विश्व बजारमा रहेका फण्डामेन्टल तथा टेक्निकल एनालाइसीस गर्ने टुल्सहरु हुनेछन् । साथै अहिले चर्चामा रहेको AI Technology लाई पनि सेयर मार्केटमा प्रयोगमा लिएर आउने तयारी गरिरहेका छौं । र भविष्यमा यसै प्ल्याटफर्म मार्फत सेयर कारोबार गरी लगानीकर्तालाई अझै सजिलो कसरी बनाउन सकिन्छ भन्ने विषयलाई पनि प्राथमिकतामा राखेका छौँ । हामीले निकट भविष्यमा  स्टक मार्केटसँग सम्बन्धी काेर्सहरू पनि लिएर आउने तयारी गरिरहेका छौँ।"

कसरी प्रयोग गर्ने सेयर हब एप ?

एप डाउनलोड गरिसकेपछि त्यसमा अन्य डीभाइसबाट उक्त एपमा गरीरहेको कारोबार एक्सेस गर्न एप साइन अप गर्न सकिन्छ जसले तपाईंको जानकारीलाई सुरक्षित राख्छ। एपको सर्भिस सेक्सनमा गएपछि प्रयोगकर्ताले एपले दिने विभिन्न सेवाहरू उपयोग गर्न सक्नेछन् । एपमा प्रयोगकर्ताले राखेका सबै जानकारी सुरक्षित र गोपनीय रहन्छ ।  

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको