Like us!
Follow us!
Connect us!
Watch us!

भूगोल इनर्जि डेभलपमेन्टको आईपीओ बाँडफाँड

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १३ : १९ मा प्रकाशित

भूगोल इनर्जि डेभलपमेन्टको आईपीओ बाँडफाँड

भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेड वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारलाई आईपीओ बाँडफाँड गरेको छ । कम्पनीले फागुन ८ गतेदेखि फागुन २५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ जारी गरेको थियो। तोकिएको अवधिभित्र रितपूर्वक आवेदन आवेदकहरूमा चैत ६ गते आईपीओ बाँडफाँड गरिएको कम्पनीले जानकारी दिएको हो ।

भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले जारी पूँजी रू. ५४ करोड ४० लाख ५३ हजार ४०० को २० प्रतिशत दरको १० लाख ८८ हजार १०७ कित्ता सेयरमध्ये १० प्रतिशत दरको १ लाख ८ हजार ८११ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँड गरेको हो ।

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि आईपीओ जारी गरेकै दिन कम्पनीले आयोजना प्रभावित स्थानीयमा समेत आईपीओ जारी गरेको थियो । आयोजना प्रभावित स्थानीयमा भने चैत ७ गतेसम्म आवेदन दिन सक्ने जानकारी कम्पनीले गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको