नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)का सञ्चालक चन्द्र प्रसाद ढकालले राजिनामा दिएका छन् ।आइएमई ग्रुपको तर्फबाट प्रतिनिधित्व गर्ने ढकालको पछिल्लो समय कार्यव्यवस्तता बढेको कारण समय अभाव भएकोले निफ्राको सञ्चालक पदबाट राजिनामा दिएकोमा बैंकको चैत ७ गते बसेको सञ्चालक समितिले चैत ८ गतेदेखि लागू हुनेगरी उनको राजिनामा स्वीकृत गरेको हो ।
साथै उनको राजिनमा पश्चात् संचालक समितिको अध्यक्षमा विशाल ग्रुपका अनुज अग्रवाल र अन्य सदस्यहरुमा नेपाल सकारको तर्फबाट श्रीकृष्ण नेपाल, इमर्जिङ्ग नेपालको तर्फबाट लालमणी जोशी, स्वतन्त्र संचालकमा शंकर प्रसाद अधिकारी र सर्वसाधारण सेयरधनीको तर्फबाट सुमन पोखरेल र लिला अधिकारी आचार्य रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस