उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ औँ वार्षिक साधारण सभा चैत ३० गते गर्ने निर्णय गरेको छ । कम्पनीको चैत ८ गते हिजो (बुधबार) साँझ बसेको सञ्चालक समितिको १९६ औँ बैठकले सभा चैत ३० गते गर्ने निर्णय गरेको हो ।
सभा एशियन बुद्ध होटल सिननपा–८ रुपन्देही भैरहवामा बिहान ८ बजे गर्ने कम्पनीले जानकारी दिएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नुका साथै चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै सभाले भविष्यमा यस कम्पनीले अन्य इजाजत प्राप्त लघुवित्त वित्तीय संस्थालाई गाभ्नेरगाभिने वा प्राप्ति गर्न उपयुक्त देखिएमा सोसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्यहरू अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
यस वर्ष कम्पनीले सेयरधनीलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सोही कारण यस वर्ष सेयरधनीको हात खालिन हुने भएको छ । अघिल्लो आवको मुनाफाबाट भने गत वर्ष कम्पनीले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।
वार्षिक साधारण सभा प्रयोजनको लागि कम्पनीले चैत १६ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा चैत १५ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् । चैत ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले आठौं वार्षिक साधारण सभा गर्ने निणर्य गरेको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस