आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ । फागुनमा सर्वसाधारणका लागि आईपीओ विक्री गरी बाँडफाँड गरेको कम्पनीले सेयरसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सेयर रजिष्ट्रार नियुक्त गरेको हो ।
अब कम्पनीको सेयरको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगाएतका सेयरधनीहरूको लगत अद्यावधि गरि राख्ने सम्बन्धी कार्य बिओके क्यापिटल मार्केटबाट हुनेछ । कम्पनीले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरी फागुन २८ गते आईपीओ बाँडफाँड गरेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस