Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा विर विक्रम रायमाझी नियुक्त

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, १२ : ३८ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालक पदमा विर विक्रम रायमाझी नियुक्त

नेपाल इन्स्योरेन्स बीमा कम्पनीले स्वतन्त्र सञ्चालक पदमा विर विक्रम रायमाझी नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको हिजो बिहिबार बसेको २१औँ बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालकको पदमा वीर विक्रम रायमाझीलाई नियुक्त गरेको हो । 

यस्तो छ कम्पनीले जारी गरेको नियुक्ति पत्र,‘ उपरोक्त सम्बन्धमा यस कम्पनीको सञ्चालक समितिको मिति २०७९/१२/०९ गते बिहिवार अपरान्ह ५ः१५ बजे बसेको बैठक नं २१ को निर्णयानुसार कम्पनीमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा श्री वीर विक्रम रायमाझी लाई बीमा ऐन २०७९, बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ तथा कम्पनीको प्रवन्धपत्र तथा नियमावली बमोजिम ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्ति गर्ने निर्णय भएको व्यहोरा निर्णयानुसार सादर अनुरोध गर्दछौं ।’


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको