नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३/२४ गतेको जेनजी आन्दोलन इतिहासकै धेरै ध्वंसात्मक भएको बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गत भदौमा भएको जेनजी आन्दोलनका विषयमा टिप्पणी गरेका हुन् ।
उनले तत्कालीन माओवादीले भन्दा धेरै हिंसात्मक बाटो रोजेर सत्ता कब्जा गरिएको आरोप लगाए । जेनजी आन्दोलनपछि वैधानिक सरकारलाई अवैध ततरिकाले क्रियाकलाप गरिएको उनको भनाइ छ । त्यस्तै उनले अहिले लोकतन्त्र खतरामा परेको टिप्पणी पनि गरे ।
ओलीले भने, ‘विभिन्न देशमा चुनाव हुन्छ तर लोकतन्त्र हुँदैन । यहाँ हाम्रो देशमा पनि के भयो भनेर बोल्नलाई जिब्रो चपाइरहनुपर्दैन । भदौ २३/२४ गते जुन खालको मार्ने मराउने, आगजनी गराउने, नेपालको इतिहासमा कल्पना गर्नै नसक्ने घटना घटाइयो । माओवादीले सत्ताकब्जा गर्न हिंसात्मक बाटो रोज्यो तर समाजलाई भयमा राख्ने क्रियाकलाप गरेन । वैधानिक सरकारलाई अवैध आतंकपूर्ण अपराधि कृयाकलाप गरियो । संविधानको धाराले जुन कुरा हुँदैन भन्छ त्यही पूर्वप्रधानन्यायाधीशको अगुवाइमा गरियो । अवैध सिफारिसमा जननिर्वाचित संसद् भंग गर्ने काम भयो असंवैधानिक तरिकाले । लोकतन्त्र कहाँ छ अहिले ? लोकतन्त्र अपरण भएको छ। लोकतन्त्र वापसी चाहिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस