Like us!
Follow us!
Connect us!
Watch us!

धुर्मुसपछि सुन्तलीले भनिन्– ‘अब सुन्ने र सहने शक्ति छैन, कि सफाई देउ कि सजाय’

अर्थ संसार

शुक्रबार, १० चैत्र २०७९, १३ : ४२ मा प्रकाशित

धुर्मुसपछि सुन्तलीले भनिन्– ‘अब सुन्ने र सहने शक्ति छैन, कि सफाई देउ कि सजाय’

कलाकार कुञ्जना घिमिरे (सुन्तली) ले चितवनको रंगशालासम्बन्धी हरेक वार्ता खुलेआम रंगशालाको मैदानमा गरिनुपर्ने माग गरेकी छिन् । उनले अब बन्द कोठामा वार्ता गरेर नहुने उल्लेख गरेकी छिन् । उनले आफूलाई इन्बक्समा नग्न तस्विरहरु पठाउन सुरुवात गरिएको पनि गुनासो पोखेकी छिन् ।

सामाजिक सञ्जाल फेशबुकमार्फत उनले आफूपनि मान्छे भएको कारण राज्यसँग धेरै मन दुखेको गुनासो गरेकी छिन् । 

उनले लेखेकी छिन्– ‘अबको हरेक वार्ता खुलेआम रङ्गशालाको मैदानमा गरियोस् नाकि बन्द कोठामा।मलाई मेरो ईन्बक्समा नग्न तस्विरहरु पठाउन सुरुवात भएको छ, बिभिन्न तुझ्छ गालीको बर्सात भैईरहेको छ।म पनि मान्छे हु,धेरै मन दुखेको छ राज्य र राष्ट्र संग।धुर्मुस जि ले केहि समय धैर्य गर भन्दै गर्दा यतिका समय सुन्नै नसकिने शब्दहरुका गाली गलौज सहदै आए र आज म मानसिक यातनाले बिछिप्त भएको छु ।अब सुन्ने र सहने शक्ति छैन म मा ,कि मलाई सफाई देउ कि सजाय१ तर जे गर्छौ छिटो गर ।’

यसअघि कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे स्पष्टिकरण दिएका थिए। धुर्मुस-सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे धुर्मुसले भिडियोमार्फत् स्पष्टिकरण दिएका थिए।

 

सम्बन्धीत समाचार:

धुर्मुसको रोदन-एक रुपैयाँ हिनामिना भएको भेटिए खाल्डो खनेर पुरिदिनुस्, अब मानसिक यातना धेरै सहन सक्दिँन

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको