Like us!
Follow us!
Connect us!
Watch us!

धुर्मुसको रोदन-एक रुपैयाँ हिनामिना भएको भेटिए खाल्डो खनेर पुरिदिनुस्, अब मानसिक यातना धेरै सहन सक्दिँन

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, १६ : ३५ मा प्रकाशित

धुर्मुसको रोदन-एक रुपैयाँ हिनामिना भएको भेटिए खाल्डो खनेर पुरिदिनुस्, अब मानसिक यातना धेरै सहन सक्दिँन

कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे स्पष्टिकरण दिएका छन्। धुर्मुस-सुन्तली फाउण्डेशनले भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे धुर्मुसले भिडियोमार्फत् स्पष्टिकरण दिएका हुन् ।

उनले राज्यका लागि एउटा गर्विलो संरचना निर्माण गर्ने सपना देख्दा आफूहरुले मानसिक यातना भोग्नुपरेको बताए। उनले भने, ‘यदि एक रुपैयाँपनि हिनामिना भएको भेटियो भने मलाई यही रंगशाला निर्माणस्थलमा खाल्डो खनेर पुरिदिए हुन्छ। तर, अब यो मानसिक यातना धेरै सहन सक्दिँन।’ धुर्मुस-सुन्तली फाउण्डेशनमार्फत कलाकार धुर्मुसले आफूमाथि लागेको आरोप र क्रिकेट रंगशालाबारे स्पस्टिकरण दिएका हुन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको