Like us!
Follow us!
Connect us!
Watch us!

राउण्ड टेबल नेपालको आयोजनमा ‘प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न (फोटोफिचर)

अर्थ संसार

बुधबार, ०८ चैत्र २०७९, २१ : ४१ मा प्रकाशित

राउण्ड टेबल नेपालको आयोजनमा ‘प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न (फोटोफिचर)

 अन्तर्राष्ट्रिय महिला दिवसलाई केन्द्रमा राखी पूर्व मिस नेपाल ईशानी श्रेष्ठको प्रमुख आतित्थ्यमा शनिवार  ग्यालेक्सी पव्लिक स्कुल ज्ञानेश्वरमा आयोजित  ‘प्याडिलक्स गल्स अन ब्हील्स’ प्रतियोगिता सम्पन्न भएको छ । 

राउण्ड टेबल नेपाल अन्तर्गतका सदस्यहरु काठमाडौं एस राउण्ड टेबल नेपाल २१, काठमाडौं रोयल्स राउण्ड टेबल २३ र काठमाडौं रोयल्स लेडिज सर्कल ७ को आयोजनामा सम्पन्न भएको प्रतियोगितामा जना कोइराला र प्रज्ञा सापकोटाको जोडी प्रथम भएका छन् । 

प्रथम भएका दुवै जनाले सगुन ज्वेलर्सका तर्फबाट पचास हजार वरावरको ज्वेलरी प्राप्त गरेको छन् । यसै गरी मुस्कान अग्रवाल र तानिषा अग्रवालको जोडी दोश्रो भएका छन्। उनीहरुले रिभरसाइड स्प्रिङ्ग रिसोर्टको तर्फबाट ३ दिन २ रातको स्टे प्याकेज प्राप्त गरेका छन् । त्यसै गरी  दीपा थापा र काजल श्रेष्ठको जोडीले भने तेश्रो स्थानमा चित्त बुझाएका छन्।

उनीहरुको जोडीलेजेम फ्लोरिङ्गका तर्फबाट टर्किस रग प्राप्त गरेका छन् । विजेताहरुलाई काठमाडौं एस राउण्ड टेबल नेपाल २१ का अध्यक्ष निश्चल रुगँटा, काठमाडौं रोयल्स राउण्ड टेबल २३ का अध्यक्ष हिमाशुं गोल्छा र काठमाडौं रोयल्स लेडिज सर्कल ७ का अध्यक्ष शिवानी अग्रवालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा ७० वटा स्कूटीमा १४० जना सहभागी रहेको थिए । स्कूटी चलाउने महिलाले स्कूटीमा चढेर विभिन्न खेलमा सहभागी भई अंक आर्जित गर्ने गरेको आधारमा विजेता घोषणा गरिएको संयोजक सिद्धार्थ जाजोदियाले जानकारी गराए ।

एक स्कूटीमा २ महिला सवार भएका थिए । काठमाडौंका छुट्टा–छुट्टै स्थानमा राखिएको रमाइलो खेलहरु खेलेर बढी अंक प्राप्त गर्नेलाई विजेता घोषण गरिएको हो । महिला अत्मबल बढाउनका लागि सवारी साधन प्रयोग गरेर खेलहरु खेलाइएको संयोजले वताए ।

641ffa6eef3be.jpg 641ffa7330699.jpg 641ffa779b9e2.jpg 641ffa7a4a3c5.jpg 641ffa7f08296.jpg 641ffa88330ad.jpg 641ffa8aa94ca.jpg 641ffa8d571e6.jpg 641ffa8fdf749.jpg 641ffa924db11.jpg 641ffa94dca85.jpg 641ffa9d07b2d.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको