Like us!
Follow us!
Connect us!
Watch us!

आइएमएफले भन्यो– ‘वित्तीय स्थायित्वमा जोखिम बढेको छ, सतर्कता अपनाउनुस्’

अर्थ संसार

आइतबार, १२ चैत्र २०७९, १३ : ३४ मा प्रकाशित

आइएमएफले भन्यो– ‘वित्तीय स्थायित्वमा जोखिम बढेको छ, सतर्कता अपनाउनुस्’

अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) की प्रमुख क्रिस्टालिना जर्जिभाले वित्तीय स्थायित्वमा जोखिम बढेकोमा चिन्ता व्यक्त गरेकी छिन् । ‘चाइना डेभलपमेन्ट फोरम’ मा बोल्दै जर्जिभाले सन् २०२३ थप चुनौतीपूर्ण वर्ष हुनेमा चिन्ता व्यक्त गरेकी हुन्।

उनले भनेको विषयलाई उदृढ गर्दै अन्र्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेको छ,‘सन् २०२३ मा महामारी, युक्रेन युद्ध र मौद्रिक कडाईका कारण विश्वव्यापी वृद्धिदर ३ प्रतिशत भन्दा कम हुनेछ । विकसित अर्थतन्त्रका कार्यहरुले बजारको अस्थिरतालाई केही शान्त बनाएपनि निरन्तर सतर्कता अपनाउनुस् ।’ 

उनले आइएमएफले न्यून आय भएका आर्थिकरुपमा कमजोर र ऋणको अनुपात उच्च रहेका देशहरुमा पनि ध्यान दिइरहेको प्रष्ट पारिन् ।  सन् २०२४ का लागि आर्थिक परिदृष्य केही राम्रो भएपनि विश्वव्यापी वृद्धिदर ऐतिहासिक औसत ३.८५ भन्दा कम नै रहने अनुमान गरिएको छ । समग्रमा विश्वव्यापी रुपमा आर्थिक परिदृष्य कमजोर नै रहेको उनले जिकिर गरिन्।-Photo Source: Agency

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको