Like us!
Follow us!
Connect us!
Watch us!

अमेरिकी दबाबको प्रभाव– पाकिस्तानले रोक्यो इरानसँगको अर्बौं डलरको ग्यास पाइपलाइन सम्झौता

अर्थ संसार

मंगलबार, २३ साउन २०८०, १६ : २७ मा प्रकाशित

अमेरिकी दबाबको प्रभाव– पाकिस्तानले रोक्यो इरानसँगको अर्बौं डलरको ग्यास पाइपलाइन सम्झौता

अमेरिकी दबाबको प्रभावका कारण पाकिस्तानको इरानसँगको सम्बन्ध चिसिँदै गएको छ । पाकिस्तानले इरानसँगको ग्यास पाइपलाइन सम्झौता रोकेको छ ।

अर्बौं डलरको यो आयोजनाबाट पाकिस्तानले सस्तो ग्यास पाउनु पर्ने थियो तर इरानको आणविक कार्यक्रममा अमेरिकी प्रतिबन्धका कारण पाकिस्तानले यस परियोजनाबाट तत्काल पछि हटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेको छ ।

पाकिस्तान यतिबेला गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ । यसका लागि पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट तीन अर्ब डलर ऋण लिने प्रयास गरिरहेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको सम्झौतामा कुनै समस्या नहोस् भनेर पाकिस्तानले इरानसँगको ग्यास पाइपलाइन परियोजनालाई अस्थायी ब्रेक दिने निर्णय गरेको छ ।

पाकिस्तानमा ‘बाह्य दबाब’का कारण इरान ग्यास पाइपलाइन परियोजना रोक्ने निर्णय भएको चर्चा छ । इरानले अमेरिकी प्रतिबन्धबाट राहत नपाएसम्म वा अमेरिकाले पाकिस्तानलाई मौनता नदिएसम्म पाकिस्तानले यो परियोजना अगाडि बढाउन सक्दैन। पाकिस्तान उर्जा संकटबाट गुज्रिरहेको छ, यस्तो अवस्थामा इरान–पाकिस्तान ग्यास पाइपलाइन रोकिनु यसका लागि ठूलो झट्का मानिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको