Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई लघुवित्तद्वारा नगद लाभांश वितरण

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, ११ : ०४ मा प्रकाशित

ग्लोबल आइएमई लघुवित्तद्वारा नगद लाभांश वितरण

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत फागुन २४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट पारित कर समेत ८ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

फागुन २८ गतेदेखि सम्बन्धित सेयरधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्न सुरु गरेको कम्पनीले अनुरोध गरेको जनाएको छ । नगद लाभांश बैंक खातामार्फतनै वितरण गर्ने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउँन कम्पनीले भनेको छ । 

यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ५५ करोड २५ लाख ८९ हजारको आधारमा ८ प्रतिशत नगद लाभांशसँगै १२ प्रतिशत बोनस सेयरसमेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको थियो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको