Like us!
Follow us!
Connect us!
Watch us!

दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम मौका

अर्थ संसार

मंगलबार, १४ चैत्र २०७९, ११ : ५६ मा प्रकाशित

दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम मौका

दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि बुधबार अन्तिम दिन रहेको छ । बिजय र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनले चैत १६ गते बुकक्लोज गर्नेछ । बुकक्लोज गरेसँगै भोलिसम्म कायम सेयरधनीहरुले मात्रै यी दुईवटा संस्थाको प्रस्तावित लाभांश पाउने भएको हो ।

बिजय लघुवित्त वित्तीय संस्थाले गत आव २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २० % बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ % नगद लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न संस्थाले चैत २८ गते बिजय विकास केन्द्र गैडाकोट नवलवरासीमा बिहान ११ः३० बजे बस्नेगरी १०औं साधारण सभा बोलाएको छ ।

त्यस्तै, कालिका लघुवित्तले गत आवको मुनाफाबाट १९ % बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश गरी कुल २० % लाभांश प्रस्ताव गरेको छ । सोही प्रस्तावित लाभांश पारित गर्न संस्थाले चैत २९ गते होटल टास्क इन्टरनेशनल प्रा।लि।पोखरामा बिहान ९ बजे बस्नेगरी १३औं साधारण सभा बोलाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको