Like us!
Follow us!
Connect us!
Watch us!

विजय र नयाँ सारथी लघुवित्तबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

अर्थ संसार

आइतबार, ३१ बैशाख २०८०, ११ : ५५ मा प्रकाशित

विजय र नयाँ सारथी लघुवित्तबीच मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर

विजय लघुवित्त वित्तीय सस्था लिमिटेड र नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच एक आपसमा गाभ्ने गाभिने सम्बन्धि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

यी दुई लघुवित्तले एक आपसमा मर्जरमा जानको लागि मंसिर २६ गते सम्झौता गरेको थिए । दुबैं लघुवित्तको साधारण सभाको निर्णय बमोजिम सेयर स्वाप अनुपात १ः१ रहने गरी मर्जरमा जान अन्तिम सम्झौता बैशाख ३० गते गरेका हुन् ।

सम्झौतापत्र सम्बन्धी कम्पनीले जारी गरेको विज्ञप्ति यस्तो छः

उपरोक्त सम्बन्धमा यस विजय लघुवित्त वित्तीय संस्था लिमिटेड र जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल न.पा. वडा नं. ३, मा रजिष्टर्ड कार्यालय रहेको नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड बीच एक आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी समझदारीपत्रमा मिति २०७९/०८/२६ गते हस्ताक्षर भै प्रक्रिया अगाडी बढाईएकोमा आवश्यक प्रक्रिया पुरा गरी दुवै वित्तीय संस्थाको साधारणसभाको निर्णय बमोजिम विजय लघुवित्त वित्तीय संस्था लि. (गाभ्ने संस्था) तथा नयाँ सारथी लघुवित्त वित्तीय संस्था लि ( गाभिने संस्था), को रुपमा शेयर स्वाप अनुपात क्रमशः १ : १ रहने गरी एक आपसमा गाभ्ने गाभिने सम्बन्धी अन्तिम सम्झौतापत्रमा मिति २०८० / ०१ / ३० गते साँझ ७:०० बजे हस्ताक्षर सम्पन्न भएको व्यहोरा जानकारीका लागि अनुरोध छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको